अमेरिका–इरान तनावबीच ओमानलाई ट्रम्पको सैन्य धम्की

3.1k Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा ओमानले अवरोध गरेमा उसमाथि सैन्य कारबाही गर्ने धम्की दिएका छन्। ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा ओमानले अमेरिकाको प्रयासमा ‘बाधा’ पुर्‍याएमा कडा कदम चाल्ने चेतावनी दिएका हुन्।

यो धम्की स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच बढेको तनावका बीच आएको हो। इरान र ओमान उक्त जलमार्ग सञ्चालनसम्बन्धी समझदारी नजिक पुगेको बताइरहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।

ओमान अमेरिकाको साझेदार राष्ट्र हुनुका साथै लामो समयदेखि अमेरिका–इरानबीच कूटनीतिक मध्यस्थको भूमिका निर्वाह गर्दै आएको छ। ट्रम्पको पछिल्लो अभिव्यक्तिले मध्यपूर्वको तनाव थप बढ्ने चिन्ता पैदा गरेको छ।

सम्बन्धित समाचार