इरान युद्धको असर : दशकौँ पुरानो तेल व्यापार प्रणाली परिवर्तनको बाटोमा

1.2k Shares

रानसँगको युद्ध र होर्मुज जलडमरूमध्यमा बढेको सुरक्षा जोखिमले दशकौँदेखि कायम रहेको खाडी क्षेत्रको तेल व्यापारको ढाँचा परिवर्तन गर्न थालेको छ। विश्वको महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग मानिने होर्मुजमा जहाजको आवागमन घटेपछि खाडी राष्ट्रहरूले समुद्री मार्गको निर्भरता कम गर्न पाइपलाइन, नयाँ बन्दरगाह र वैकल्पिक निर्यात मार्गमा लगानी तीव्र पारेका छन्।

युद्धअघि दैनिक करिब १ करोड ५० लाख ब्यारेल खाडी क्षेत्रको तेल होर्मुज हुँदै विश्व बजारमा पुग्ने गरेको थियो। विश्वमा कारोबार हुने तेलको करिब पाँचौँ हिस्सासमेत यही जलडमरूमार्गबाट जाने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजारमै ठूलो असर पार्ने गरेको छ।

तर पछिल्लो समय होर्मुजमा व्यापारिक जहाजको आवागमन निकै घटेको छ। अगस्ट १३ मा मात्रै नौवटा कमोडिटी जहाजले जलडमरूमार्ग पार गरेका थिए, जुन औसतभन्दा निकै कम हो। सुरक्षा जोखिम बढेपछि केही कम्पनीले जहाज पठाउनसमेत हिच्किचाइरहेका छन्।

यूएईको पाइपलाइनमा जोड

होर्मुजको विकल्प खोज्ने दौडमा संयुक्त अरब इमिरेट्स (यूएई) अगाडि देखिएको छ। अबुधाबी नेसनल आयल कम्पनी (ADNOC) ले फुजैराह बन्दरगाहसम्म पुग्ने वेस्ट–इस्ट पाइपलाइन परियोजनालाई तीव्रता दिएको छ। यसले होर्मुज नपारीकन यूएईको तेललाई अरब सागरतर्फ पठाउने क्षमता बढाउनेछ।

यसअघि नै यूएईले अबुधाबीबाट फुजैराहसम्म तेल पुर्‍याउने प्रणाली विकास गरिसकेको थियो। अहिले त्यसको क्षमता विस्तार गरेर भविष्यमा होर्मुजमा उत्पन्न हुने सम्भावित अवरोधको प्रभाव घटाउने प्रयास भइरहेको छ।

साउदी अरब पनि वैकल्पिक मार्गमा

साउदी अरबले पनि आफ्नो विशाल पाइपलाइन सञ्जाल र लालसागरका बन्दरगाहलाई प्रयोग गर्दै होर्मुजको निर्भरता घटाउने रणनीति अघि बढाइरहेको छ। यसबाट साउदी तेललाई होर्मुज पार नगरी लालसागर हुँदै विश्व बजारमा पुर्‍याउन सकिन्छ।

यसले साउदी अरबलाई केवल तेल उत्पादक राष्ट्रभन्दा माथि उठाएर क्षेत्रीय ऊर्जा तथा व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने अवसरसमेत दिएको विश्लेषण हुन थालेको छ।

सम्बन्धित समाचार