कोलम्बियामा शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

1.1k Shares

कोलम्बियामा पछिल्ला वर्षहरूमध्येकै शक्तिशाली भूकम्प गएपछि कम्तीमा १३२ जनाको मृत्यु भएको छ। भूकम्पबाट ठूलो जनधनको क्षति भएपछि सरकारले आपत्काल घोषणा गरेको छ। भग्नावशेषमा अझै मानिसहरू पुरिएको आशंका रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे चोको प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। करिब १०३ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाका ठूलो क्षेत्रमा महसुस गरिएको थियो।

भूकम्पबाट पेरेइरा सहरमा सबैभन्दा बढी क्षति भएको छ। आसपासका सहर तथा भाये डेल काउका क्षेत्रमा समेत भवन तथा पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ। हालसम्म ४८० भन्दा बढी मानिस घाइते भएको विवरण सार्वजनिक भएको छ।

भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पाल्मार गाउँनजिकै भए पनि त्यहाँ मानवीय क्षति नभएको स्थानीय अधिकारीहरूले बताएका छन्। तर गाउँसम्म पुग्ने सडकहरू क्षतिग्रस्त भएकाले उद्धार तथा राहत कार्यमा चुनौती देखिएको छ।

सम्बन्धित समाचार