बिजुली सर्ट हुँदा रौतहटमा दुईतले घरमा आगलागी

1.4k Shares

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवास्थित एक घरमा सोमबार बिहान बिजुली सर्ट भएर आगलागी भएको छ ।

स्थानीय दीपेन्द्रभक्त खरेलको काठले बनेको दुईतले घरमा बिहान करिब सवा ७ बजे आगलागी भएको हो । आगलागीपछि स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली दमकलको सहयोगमा परिचालन भई आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेका करिब १८ लाख रुपैयाँ बराबरका घरायसी सामान जलेर नष्ट भएको नेपाल प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट मानवीय क्षति भए–नभएको तथा क्षतिको थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार