थाइल्याण्डको राजधानी बैंकक नजिक रहेको नन्थाबुरीस्थित प्रतिष्ठित डेबसिरिन विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंका गरिएका नवौँ कक्षाका १४ वर्षीय एक विद्यार्थी पनि मृत अवस्थामा फेला परेका छन्। घटनाको कारण र गोलीकाण्डको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।
घटनापछि विद्यालय क्षेत्रमा ठूलो संख्यामा प्रहरी र आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ। विद्यालयमा रहेका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो।
स्थानीय प्रशासनले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणलाई विद्यालय आसपासको क्षेत्रमा नजान आग्रह गरेको छ। घटनास्थललाई सुरक्षा घेराभित्र राखेर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनामा मृत्यु हुने र घाइते हुनेको यकिन विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्। गोलीकाण्डको वास्तविक कारण तथा घटनाको पृष्ठभूमिबारे थप अनुसन्धान जारी रहेको छ।