ट्रम्पले इरानमाथिको हमला कसको आग्रहमा रोके ?

67k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको नयाँ सैन्य आक्रमण अन्तिम समयमा स्थगित गरेका छन् । ट्रम्पका अनुसार यो निर्णय इरान पक्ष र मध्यपूर्वका केही देशहरूको आग्रहपछि लिइएको हो ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँग शान्ति सम्झौताको प्रारम्भिक खाका तयार भएको दाबी गर्दै तत्कालका लागि आक्रमण रोकिएको बताएका छन् । उनले प्रस्तावित सहमतिमा होर्मुज जलडमरु पुनः खोल्ने र इरानको आणविक गतिविधिसम्बन्धी विषय सम्बोधन गर्ने कुरा समेटिएको बताएका छन् ।

us iran.jpe

रिपोर्टअनुसार ट्रम्पको यो निर्णयमा इरानको आग्रहसँगै मध्यपूर्वका सहयोगी राष्ट्रहरूको दबाब पनि प्रभावकारी बनेको थियो । विशेषगरी साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भएको छलफलपछि सैन्य कारबाही रोक्ने निर्णयमा थप प्रभाव परेको बताइएको छ ।

ट्रम्पले भने हमला रोकिएको भए पनि अमेरिकाको सेना तयार अवस्थामा रहेको र सम्झौता छिटो अघि नबढे पुनः कारबाही हुन सक्ने चेतावनी दिएका छन्  ।

इरानले भने ट्रम्पको दाबीअनुसारको सम्झौताको विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। यसबीच अमेरिका–इरान तनाव भने अझै संवेदनशील अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले आक्रमण रोक्नुको कारण केवल एक पक्षको आग्रह नभई इरानसँग सम्भावित सम्झौताको बाटो खुलेको दाबी र क्षेत्रीय देशहरूको कूटनीतिक दबाब रहेको देखिन्छ।

iran.jpe

trump.jpe

सम्बन्धित समाचार