युरो १७५ रुपैयाँ नाघ्यो, राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर

1.3k Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

त्यसैगरी, जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा तोकिएको छ।

यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा, यूएई दिराम ४१ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन (१००) १० रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर १५ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर २३ रुपैयाँ ४५ पैसा खरिददर कायम गरिएको छ।

त्यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा, कुवेती दिनार ४९५ रुपैयाँ ३ पैसा, बहराइन दिनार ४०३ रुपैयाँ ९८ पैसा र ओमानी रियाल ३९५ रुपैयाँ ६२ पैसा खरिददर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ। 

 
 
 
सम्बन्धित समाचार