1.3k
Shares
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको नगद रकमसहित एक उपसचिवलाई पक्राउ गरेको छ।
आयोगका अनुसार उपसचिवको साथबाट ६ लाख ५० हजार रुपैयाँ बरामद भएपछि रकमको स्रोतबारे सोधपुछ गरिएको थियो। तर रकमको वैध स्रोत पुष्टि गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो।
अख्तियारले बरामद गरिएको रकमको स्रोत, त्यसको प्रयोजन तथा सम्भावित अनियमितताका विषयमा अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।