प्रश्नपत्र चुहावटविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा

7.9k Shares

काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जारी राखेको २६ दिने आमरण अनशन अन्त्य गरेका छन्।

५९ वर्षीय वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत लामो चरणको वार्ता तथा देशमा हिंसा भड्किन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनले अनशन अन्त्यसँग सम्बन्धित सहमतिका सर्तहरू छुट्टै भिडियोमार्फत सार्वजनिक गर्ने बताएका छन्।

वाङचुकको अनशन अन्त्यसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट नियन्त्रण गर्न कडा कानुनी व्यवस्था ल्याइने घोषणा गरेका छन्। उनले दोषीमाथिको कानुनी कारबाहीलाई तीव्र बनाइने र यस विषयमा मन्त्रिपरिषद् बैठकमा विस्तृत छलफल गरिने बताएका छन्।

वाङचुकले गत २८ जुनदेखि मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत ककरोच जनता पार्टी (सीजेपी) सँग ऐक्यबद्धता जनाउँदै आमरण अनशन सुरु गरेका थिए।

यद्यपि, वाङचुकले अनशन अन्त्य गरे पनि नयाँ दिल्लीको जन्तर मन्तरसहित भारतका विभिन्न स्थानमा सीजेपीको आन्दोलन भने जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

sonam-wangchuk-1-1784855070.jpeg

 

सम्बन्धित समाचार