युक्रेनको आक्रमण प्रयास असफल भएको रुसको दाबी

7.2k Shares

मस्को । रुसले युक्रेनी सेनाले आफ्नो सीमाक्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको दाबी गर्दै उक्त प्रयासलाई पूर्ण रूपमा विफल पारेको जनाएको छ। रुसको रक्षा मन्त्रालयका अनुसार सीमा क्षेत्रमा युक्रेनी सेनाले गरेको घुसपैठ प्रयासलाई तत्काल प्रतिकार गर्दै रुसी सेनाले उनीहरूलाई पछाडि धकेलेको हो।

रुसी पक्षका अनुसार सीमाक्षेत्रमा भएको झडपमा युक्रेनी सेनाले जनशक्ति र सैन्य सामग्रीमा क्षति बेहोरेको छ। यद्यपि युक्रेनले भने रुसको उक्त दाबीबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

रुस र युक्रेनबीच पछिल्ला साताहरूमा सीमा क्षेत्रमा आक्रमण तथा प्रतिआक्रमणका घटना तीव्र बन्दै गएका छन्। युक्रेनले रुसभित्रका सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाएको छ भने रुसले पनि युक्रेनका विभिन्न सहरमा मिसाइल र ड्रोन आक्रमणलाई निरन्तरता दिएको छ।

युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा दुवै पक्षले सैन्य दबाब बढाइरहेका छन्। यसबीच सीमा क्षेत्रमा हुने हरेक घटनाबारे दुवै देशले फरक–फरक दाबी गर्दै आएका छन्, जसको स्वतन्त्र पुष्टि प्रायः सम्भव हुने गरेको छैन।

सम्बन्धित समाचार