इरान युद्धमा अमेरिकाले ३७.५ अर्ब डलर खर्च गरिसक्यो : रक्षामन्त्री हेग्सेथ

8.4k Shares

काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले अमेरिका–इजरायलको इरानविरुद्ध जारी युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर (झन्डै ५७८ अर्ब ५५ करोड नेपाली रुपैयाँ) खर्च गरिसकेको बताएका छन्।

अमेरिकी सिनेटको विनियोजन समितिको सुनुवाइमा बोल्दै हेग्सेथले उक्त रकममा सेप्टेम्बरसम्मका केही सैन्य सञ्चालन तथा मर्मतसम्भार खर्चसमेत समावेश रहेको जानकारी दिएका हुन्।

यसअघि ट्रम्प प्रशासनले मे महिनामा युद्धसम्बन्धी खर्च २९ अर्ब अमेरिकी डलर पुगेको जनाएको थियो।

सुनुवाइका क्रममा हेग्सेथले इरानसँगको युद्धका कारण अमेरिकी हतियार भण्डारमा दबाब बढ्दै गएको उल्लेख गर्दै उच्च माग भएका हतियार, मिसाइल, हाइपरसोनिक प्रणाली तथा ड्रोन प्रतिरक्षा प्रणालीको उत्पादन विस्तार गर्न थप बजेट आवश्यक पर्ने बताएका छन्।

pate--1784682412.jpg

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराका अनुसार इरानसँगको द्वन्द्व जारी रहेकाले अमेरिकी रक्षा बजेट बढाएर १.५ ट्रिलियन अमेरिकी डलर पुर्‍याउने प्रस्तावमाथि अहिले सिनेटमा छलफल भइरहेको छ।

यद्यपि, विपक्षी सांसदहरूले प्रस्तावित रक्षा बजेटको औचित्यमाथि प्रश्न उठाउँदै युद्ध खर्च र यसको दीर्घकालीन प्रभावबारे स्पष्ट जवाफ मागिरहेका छन्।

सम्बन्धित समाचार