काठमाडौँ । जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
मियामी स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले ३६औँ मिनेटमा अग्रता लिएको थियो। कप्तान मार्टिन ओडेगार्डको सटिक पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए।
तर पहिलो हाफको इन्जुरी समय (४५+२) मा एन्थोनी गोर्डनको पासलाई सदुपयोग गर्दै जुड बेलिङ्घमले गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।
यस जितसँगै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ भने नर्वेको उपाधि यात्रा क्वार्टरफाइनलमै समाप्त भएको छ।