अन्तराष्ट्रिय स्तरमै नेपाललाई साहित्यबाट चिनाउने सन्तोष पोखरेल को हुन?

4.2k Shares

काठमाडौं । नेपालका बहुभाषिक कवि, लेखक, अनुवादक, गम्भीर निबन्धकार तथा साहित्यिक अभियन्ता सन्तोष कुमार पोखरेलको अन्तर्राष्ट्रिय उपलब्धिले नेपालको साहित्यिक र सांस्कृतिक प्रतिष्ठालाई विश्वस्तरमा पुर्‍याएको छ। तर पोखरेलको पहिचान केवल कवितामा मात्र सीमित छैन, उनी वरिष्ठ सिभिल इन्जिनियर तथा जलविद्युत् विज्ञ हुन् भने इन्जिनियरिङ् विषयका पूर्व सह-प्राध्यापक समेत हुन्।

इन्जिनियरिङ्, जलविद्युत्, र विश्वसाहित्यको यो अद्वितीय संयोजनले उनलाई नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा उत्कृष्ट कूटनीतिज्ञको रूपमा स्थापित गर्दछ।

विश्वभर छरिएका साहित्यिक उपलब्धिहरू
पोखरेलले ६ भाषामा मौलिक कविता सिर्जना गरेका छन् भने उनका हजारौं कविताहरू ४२ भाषामा अनुवादित भई विश्वभर प्रकाशित भएका छन्। उनका कविताहरू सरल तथा आध्यात्मिक, मानवीय र मूर्त छन्, जसले सहज रूपमा मानव हृदयमा पुग्ने क्षमता राख्दछन्। उनी एक अथक शान्ति अभियन्ता पनि हुन्, जसका रचनाहरू विश्व शान्ति, प्रेम र मानवताको पक्षमा मुखरित हुन्छन्।

सन् २०२४ को सेप्टेम्बरमा उनले रुसको प्रतिष्ठित म्याक्सिम गोर्की अन्तर्राष्ट्रिय पुरस्कार तथा गोल्ड फेदर अफ रसिया पुरस्कार प्राप्त गरे। यसअघि उनी एन्टन चेखभ अन्तर्राष्ट्रिय पुरस्कार (प्रथम दर्जा, २०२०) , मिगेल डे सर्भान्टिस पदक (२०२२) , दसवटा देसका संस्थाहरूबाट विश्व स्वर्ण लेखक पुरस्कार (२०२१) , युनिभर्सल पीस फेडेरेसनको शान्तिदूत उपाधि (२०२०) , चीनको 'रेन्डिसन अफ इन्टरनेशनल पोएट्री' बाट अन्तर्राष्ट्रिय उत्कृष्ट कवि (२०२१) , बंगलादेश लेखक क्लबबाट 'अन्तर्राष्ट्रिय योग्यताको कवि' (२०२२) , भारतको गान्धी वेलफेयर सोसाइटी औरंगावाद बाट क्रिएटिभ राइटिङ्को उत्कृष्ट लेखकको उपाधि २०१८, युक्रेनबाट निकोलाई गोगोल अन्तर्राष्ट्रिय पुरस्कार (२०२१) , कजाकिस्तानबाट पीपल्स डिप्लोमेसी स्पेशल अवार्ड (२०२१) , स्पेनिस साहित्यिक समुदायबाट ५औं सिजर विश्व पुरस्कार (२०२४) , अरब बुद्धिजीवीहरूबाट उच्च प्रशंसा-पत्र २०२६ लगायत तीन दर्जन बढी अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्।

उनका कविताहरू स्पेनिस, फ्रेन्च लगायत विभिन्न भाषामा स्वतःस्फूर्त रूपमा वाचन गरिएका छन् भने उनका गीतिहरू विदेशी भाषामा गाइएका छन्, जसले उनको साहित्यिक पहुँचलाई झन् व्यापक बनाएको छ।

प्रकाशित कृतिहरू
कवि पोखरेलका हालसम्म ११ भन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन्। तीमध्ये प्रमुख कृतिहरूमा 'मोडेस्टी पोएम्स' (२०१९) , 'शून्यको यात्रा र अन्य कविता' (२०२०) , 'पहाड और सागर' (हिन्दी भाषामा, २०२१) , 'ई सन्तोष पोखरेलका कविताहरू' (२०२२) , 'युद्ध र अन्य कविताहरू' (२०२३) , रुसी भाषामा अनुवादित कविता सङ्ग्रह 'तोनिङ्काया रादुगा' (२०२३) , तथा 'हुट्स हङ्गर' (एङ्लो–बंगला द्विभाषीय कविता सङ्ग्रह) रहेका छन्। यी कृतिहरूले नेपाली, हिन्दी, अङ्ग्रेजी, रुसी, बंगला लगायत विभिन्न भाषामा उनको सृजनात्मक विविधतालाई झल्काउँछन्।

पोखरेलियन स्टान्जा: नेपाली साहित्यमा नयाँ छन्द
पोखरेलले 'पोखरेलियन स्टान्जा' नामक नयाँ काव्यशैलीको आविष्कार गरेका छन्, जसलाई कविहरूले गर्दै प्रयोग गरिरहेका छन्। यो शैली नेपाली, अङ्ग्रेजी र हिन्दीमा प्रयोग भैरहेको छ।यसको प्रतिलिपि अधिकार समेत पोखरेल लाई प्राप्त छ। यो नेपाली साहित्यको इतिहासमा कुनै कविले आफ्नै छन्दको औपचारिक शिक्षण गरेको पहिलो घटना हो।

युद्धविरोधी कवि र शान्तिका दूत
पोखरेलका कविताका विषयवस्तु शान्ति, प्रेम, प्रकृति, करुणा, महिला तथा बालअधिकार, गरिबी निवारण र विश्वमा भोकमुक्ति हुन्। उनी युद्धविरोधी कवि हुन् र शान्तिका अथक अभियन्ता पनि हुन्। सन् २०२४ मा रुसको साहित्यिक यात्राका क्रममा उनले रुस–युक्रेन युद्ध बन्द गर्न मस्को र दागिस्तानका साहित्यिक भेलामा सार्वजनिक रूपमा आवाज उठाए – जुन साहसी कविको पहिचान हो। उनका 'युद्ध र अन्य कविताहरू' द वार एण्ड अदर पोएम्स कृतिले युद्ध र मानव पीडालाई अद्वितीय शैलीमा प्रस्तुत गरेको छ।

अन्तर्राष्ट्रिय साहित्यिक संजालका संस्थापक
पोखरेल 'इन्टरनेशनल फोरम अफ लिटरेचर' का संस्थापक हुन्, जसमा विश्वभरका साहित्यकारहरू आबद्ध छन्। उनका कविताहरू कोस्टारिका, अर्जेन्टिना, ब्राजिल, युक्रेन, अमेरिका, बेल्जियम, सर्भिया, चीन, रुस, इटाली, स्पेन, दक्षिण अफ्रिका र जापान लगायत दर्जनौं देशका प्रतिष्ठित साहित्यिक पत्रिका र संकलनमा प्रकाशित भइसकेका छन्। विश्वका ४५ भन्दा बढी देशका साहित्यिक तथा बौद्धिक समुदायसँग उनको गहिरो सम्बन्ध रहेको छ। उनले लगभग बीस मुलुकको यात्राको अनुभव संगालिसकेका छन्।

शैक्षिक योग्यता: इन्जिनियरिङ्, जलविद्युत् र साहित्यको अद्वितीय संयोजन
पोखरेलले मस्कोको रुसी मैत्री विश्वविद्यालय बाट सिभिल इन्जिनियरिङ् मा स्नातकोत्तर गरेका हुन्। त्यसैगरी उनले रुसी अनुवाद मा स्नातकोत्तर, अङ्ग्रेजी मा स्नातक र हिन्दी साहित्य मा स्नातकोत्तर गरेका छन्। उनी इन्जिनियरिङ् संस्थानका पूर्व सह-प्राध्यापक मात्र होइन, जलविद्युत् क्षेत्रका विज्ञको रूपमा समेत दशकौंको अनुभव बटुलिसकेका छन्, जसले उनलाई प्राज्ञिक, प्राविधिक र व्यावसायिक दुवै क्षेत्रमा निपुण बनाएको छ।

नेपाललाई विश्वमा चिनाउने दूत
पोखरेल 'एसियाका शान्तिदूत' हुन् र सांस्कृतिक राजदूतको रूपमा नेपाली मानवताको स्वर विश्वभर सुनाइरहेका छन्। सन् २०२५ को सेप्टेम्बरमा मस्कोमा सम्पन्न भएको दोस्रो विश्व लेखक कांग्रेसमा उनीले नेपालको प्रतिनिधित्व गरिसकेका छन् – जसलाई नेपाली साहित्यलाई विश्वको मूलधारमा स्थापित गर्ने एउटा ऐतिहासिक उपलब्धिको रूपमा लिन सकिन्छ। यसैगरी २०१९ को भारतको भुवनेश्वरमा संपन्न ३९ औं वर्ल्ड कंग्रेस अफ पोइट्समा नेपालबाट प्रतिनिधित्व गर्ने  एकमात्र कवि पोखरेल नै थिए। पोखरेल नेपालको इतिहासमै पहिलो बहुभाषिक अन्तर्राष्ट्रिय कवि हुन्, जसले यो अन्तर्राष्ट्रिय उचाइ प्राप्त गरेका छन्।

सम्बन्धित समाचार