1.8k
Shares
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आइतबार राति करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्दा स्थानीय आनन्दी विक (अन्दाजी ५६ वर्ष) को घटनास्थलमै मृत्यु भएको हो।

बाढीमा परी अन्य ६ जना घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारको व्यवस्था गरिएको छ।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासी उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्। बाढीबाट भएको क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी रहेको जनाइएको छ।
