हरानमा पूर्वसर्वोच्च नेता खामेनेईको अन्त्येष्टि, हजारौँ श्रद्धाञ्जलि दिन भेला

4k Shares

काठमाडौं । इरानका पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको सम्झनामा राजधानी तेहरानमा सार्वजनिक श्रद्धाञ्जलि तथा अन्त्येष्टि कार्यक्रम सुरु भएको छ। ८६ वर्षीय खामेनेईको गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल युद्धका क्रममा भएको हवाई आक्रमणमा मृत्यु भएको थियो। उनले करिब ३७ वर्षसम्म इरानको सर्वोच्च नेताका रूपमा शासन गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तेहरानस्थित ग्रान्ड मोसल्ला परिसरसहित विभिन्न स्थानमा हजारौँ मानिस श्रद्धाञ्जलि दिन भेला भएका छन्। कार्यक्रमस्थलमा रातो झण्डा, धार्मिक नारा तथा ‘हामी उठ्नेछौँ’ भन्ने आधिकारिक नारासहितको वातावरण देखिएको छ।

Iran-Khamenei-Funeral-(16)-1783152669 (1).jpg

खामेनेईको शव विशेष मञ्चमा राखिएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा सुरक्षा व्यवस्था मिलाएको छ भने पुरुष र महिलाका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ, केही स्थानमा सवारी आवागमनसमेत रोकिएको छ।

शवयात्रा सोमबार तेहरानबाट सुरु भएर धार्मिक महत्वका शहर कुम, नजाफ र करबला हुँदै उनको जन्मस्थान मशहदमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको जनाइएको छ।

Iran-Khamenei-Funeral-(12)-1783152666.jpg

अन्त्येष्टि कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसहित विभिन्न देशका प्रतिनिधि सहभागी भएका छन्। मध्यपूर्वका केही सशस्त्र समूहका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

इरानको सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ।

सम्बन्धित समाचार